श्रीकृष्ण जन्मष्टमी: पोखरामा कृष्ण प्राकट्य महोत्सव हुदै

पाेखरा | भदौ ७, २०८०

श्रीकृष्ण जन्मष्टमी: पोखरामा कृष्ण प्राकट्य महोत्सव हुदै

पोखरा:    भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ ।


हरेक वर्ष हुदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय गीत नृत्य लगाएतका विभिन्न मनोरञ्ननात्मक सास्कृतिक तथा धार्मिक गतिविधि गरिने र रात्री १२ बजे भगवान कृष्णको जन्म महोत्सव समापन गराइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताउनुभयो ।


मन्दिरमा साउन २१ गतेबाट सगिंतमय श्रीमद् वितक तथा कृष्ण कथा वाचन जारी छ । उक्त वाचनमा पछिल्लो समय भक्तजनको उल्लेख्य सहभागीता हुदै आएको छ । । कथाको वाचन कृष्ण प्रणामी धर्मका धर्मप्रचारीका साधवी पुजन शिखा माताले गर्दै आउनु भएको छ । प्रमुख वाचिका पुजन शिखा माताले आत्मा पहिचान गराउने धर्म शास्त्रहरु भनेको आफैलाई हेर्ने ऐना भएको बताउनु भयो । हरेक मानिसमा प्रेमको जागृत गराउन ज्ञानको आवश्यक हुने बताउनुभयो । उहाँले विगत देखि नै हिन्दु धर्म माथि प्रहार हुदै आएको बताउदै वितक कथा मार्फत हिन्दु जागरण सहित मानिसमा प्रेमको भाव प्रकट हुने बताउनुभयो ।


भाद्र २० गते कृष्ण प्राकट्य महोत्सव संगै यस वर्षको श्रीमद् वितक तथा कृष्ण कथा वाचन समापन हुने आयोजक श्री कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्